Close sidebar

पढ्न जाने बालिकालाई सहज होस भनी साइकल वितरण

२०८० असार १९ गते, मंगलवार २२:१०

खजुरा / बाँकेको खजुरा गाउँपालिका वडा नं. ८ को आर्थिक सहयोगमा र मानवअधिकार तथा बाल विकास मंच (मास) बाँकेको आयोजनामा वडा नं. ८ को वडा कार्यलयमा आयोजित एक कार्यक्रममा लक्षित बर्गका बालिकाहरुलाई साईकल वितरण गरिएको छ । वडा अध्यक्ष फिरोज खाँको प्रमुख अतिथिमा आईतवार भएको कार्यक्रममा वडा भित्र बसोबास गर्ने थारु, मधेसी तथा मुस्लिम समुदायका ११ जना बालिकाहरुलाई साईकल वितरण गरिएको हो ।

प्रमुख अतिथि एवं वडा अध्यक्ष खाँले वडाले बिगतका बर्षहरु झै निरन्तर रूपमा वडा कार्यलयले बालिकाहरुलाई शिक्षामा उत्प्रेरित गर्नका लागि साईकल वितरण कार्यक्रमलाई निरन्तर रूपमा अगाडी बढाएको र आगामी बर्षहरुमा पनि कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

यस्तै मानवअधिकार तथा बाल विकास मंच (मास) बाँकेका अध्यक्ष भुपेन्द्र बस्नेतले मधेसी र मुस्लिम समुदायका छोरीहरुलाई टाढाको विद्यालयमा पढ्न पठाउन अभिभावकहरुले नमान्ने यदि कसैले मानिहाले पनि आउजाउमा कठिनाई हुने भएकाले स्कुल पढ्न नपठाउनेलाई उत्प्रेरित गर्न र पढ्न जाने बालिकालाई सहज होस भनी साइकल वितरण गरिएको बताउनुभयो ।

कार्यक्रममा खजुरा गाउँपालिक कार्यपालिका सदस्यहरु खल्मुन्निशा साई, सुब्बन धोबी चमार, वडा सदस्य हनिफ खाँ निवर्तमान वडा सदस्य मुडवा साई, वडा सचिव गिरिधारी पौडेल लगायतको उपस्थिति रहेको थियोे ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया