Close sidebar

योग गुरुको जन्मोत्सवमा ७० जनाद्वारा रक्तदान

२०८० असार ९ गते, शनिबार १७:४९

नेपालगञ्ज / योग गुरुको जन्मोत्सवको अवसरमा आज नेपालगञ्जमा रक्तदान गरिएको छ । योग समिति नेपालका परिकल्पनाकार एवं योग गुरु गिरिराज भट्टराईको जन्मोत्सवको अवसरमा शनिबार विहान भेरी अस्पताल परिसरस्थित रक्त सञ्चार केन्द्रमा रक्तदान गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना र योग गुरु भट्टराईले संयुक्त रुपमा पानसमा बत्ती बाल्दै रगत संकलन गर्ने प्याकेट रक्तदाता निर्मला शाह र अम्बिका कोईरालालाई हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

योग प्रशिक्षक प्रेम केसीको संयोजनमा गरिएको कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । जन्मोत्सवको अवसरमा रक्तदान समेत गर्नुभएका योग गुरु भट्टराईले स्वस्थ व्यक्तिको शरीरमा प्रत्येक तीन तीन महिनामा पुरानो रक्तकोष नष्ट भइ नयाँ रक्तकोषिका निर्माण हुने भएकाले सबैलाई रक्तदान गर्न आहवान गर्नु भयो ।

कार्यक्रममा योग समिति नेपालका सल्लाहकार नन्दलाल वैश्य, अधिवक्ता विश्वजित तिवारी, योग अभ्यासकर्ता लगायतको उपस्थिति रहेको थियो । योग समिति नेपालले विभिन्न अवसर र सन्दर्भमा रचनात्मक कार्य गर्दै आएको योग प्रशिक्षक सुमित्रा सुवेदीले जानकारी दिनुभयो ।

                                                  – सच्च्याइएको

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया