Close sidebar

भन्सारको ब्यरियरमा मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु

२०८० असार ७ गते, बिहीबार ०४:३९

नेपालगन्ज / भन्सारको ब्यरियरमा मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ स्थित भन्सारको ब्यरियरमा मोटरसाइकल ठोक्किँदा (चालक) प्रहरी जवान होम बहादुर झेडीमगरको मृत्यु भएको हो ।

जमुनहाबाट भन्सार कार्यालयको चेक पोस्टमा ड्युटीका लागि आउँदै गरेको भे ७ प ८५५१ नम्बरको (आर टी आर) निलो रंगको मोटरसाइकल मंगलबार राति करिब २ बजेतिर भन्सार ब्यरियरमा ठोक्किएर उनी गम्भीर घाइते भएका थिए । उपचारको क्रममा बुधबार भेरी अस्पताल नेपालगन्जमा उनको मृत्यु भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयको सुरक्षा गार्डमा कार्यरत प्रहरी जवानको मोटरसाइकल अनियंत्रित भैइ भन्सारको ब्यरियरमा ठोकिएको प्रहरी जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया