Close sidebar

बझाङ दुर्घटना: कानूनमन्त्रीसहित तीन जनाको अवस्था गम्भीर, हेलिकप्टरबाट नेपालगञ्ज लगिँदै

२०८० असार ५ गते, मंगलवार १५:३८

सरला सुवेदी✍️

बाँके / सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना परी गम्भीर घाइते भएका छन् । डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको हो ।

बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा गाडी दुर्घटना हुँदा मन्त्री सिंहसहित ४ जना घाइते छन् ।

चार जना मध्ये चालकबाहेक अन्य तीन जनाको अवस्था गम्भीर रहेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् । उनका अनुसार गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट नेपालगञ्ज लैजाने तयारी भइरहेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया