Close sidebar

विद्यार्थीको स्वास्थ र शिक्षाप्रति चिन्तित छु: प्रिन्सिपल जेम्स 

२०८० जेष्ठ २७ गते, शनिबार २२:४९

बाँके / कोहलपुर नगरपालिका वडा नम्बर १० रामनगरमा रहेको जीवन ज्योति स्कुलका प्रिन्सिपल फादर जोमन जेम्सले गर्मीका कारण विद्यालय लगातार बन्द गर्न नहुने बताउनु भएको छ । प्रिन्सिपल जेम्सले आइतबार स्कुल सन्चालन गर्न पाउँ भन्दै नगरपालिकामा पत्र पेश गर्ने बताउँदै गर्मी छल्नका लागि विकल्प छनोट गर्नु पर्नेमा बिना विकल्प स्कुल बन्द गर्नु गलत भएको बताउनुभयो ।

उनले बिहान ६ देखि ११ बजेसम्म विद्यालय खोल्न सकिने भन्दै त्यसो नगरी सरोकारवालासँगको छलफल बिना विद्यालय बन्दको सूचना जारी गरिएको गुनासो गरे । उनले साना कक्षाका बालबालिकालाई घरमै राखे पनि ६ देखि माथिका कक्षाहरू बिहानको समयमा सन्चालन गर्नु पर्ने सुझाव दिए ।

नगर शिक्षाले सरोकारवालासँगको छलफल बिना विद्यालय बन्दको सूचना जारी गरिएको उनको भनाई छ । प्रिन्सिपल जेम्सले नगर शिक्षाले असान्दर्भिक समयमा शैक्षिक छात्रावृत्तिको कुरा निकालेको समेत बताउनुभयो । आफ्नो विद्यालयले चैत्र महिनामै छात्रावृत्तिको टुगोँ लगाएको उनको भनाई छ । ४० प्रतिशत छात्र—छात्रालाई छात्रवृत्ति दिइएको बताउँदै उनले पहुँचवाला भनिएकाहरूले छात्रवृत्तिका लागि दबाब दिने गरिएको गुनासो गरे । आफूले पहुँचवाला भन्दा विपन्नलाई छात्रवृत्ति दिने गरेको उनको भनाई छ ।

उनी आफ्ना विद्यार्थीको स्वास्थ र शिक्षाप्रति एकदमै सचेत रहेको बताउँदै स्कुलका भवनहरु पनि वातानुकुलित भएको हुँदा स्कुल सन्चालन गर्दा खासै समस्या नहुने बताए । नगरपालिका शिक्षा शाखा भन्छ स्कुल बन्द गर अभिभावकहरु भन्छन् स्कुल खोलिनु पर्छ दुबै तर्फका कुरा सुन्दा अभिभावकहरुको भनाई नै ठिक रहेको बताउँछन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया