Close sidebar

मोबाईलमा भएका एप्समा तापक्रम बढी देखायो

२०८० जेष्ठ २७ गते, शनिबार १८:०९

नेपालगन्ज / केही दिनयता बाँकेमा अत्यधिक गर्मी बढेपछि मोबाईलमा भएका एप्समा तापक्रम बढी देखाइएको छ । मोबाईल एप्सका अनुसार दुई दिनयता नेपालगन्जमा तापक्रम ४५ भन्दा माथि देखाइएको हो । जुन बास्तविकतासंग मिल्दैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शनिबार) बाँके बर्दियामा तापक्रम ४१ डिग्री आसपास रहेको बताइएको छ । आज करिब साढे ४ बजेतिर राझाँमा ४०.२, खजुरामा ४०.५ र गुलरियामा ४० डि.से. तापक्रम छ । शुक्रबार ४१.५ र बिहिवार ४१.८ डिग्री सेल्सियस रहेको थियो ।

नेपालमा अहिलेसम्म सबैभन्दा धेरै तापक्रम २०५२ असार २ गते कैलालीको धनगढीमा ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया