
नेपालगन्ज / केही दिनयता अत्यधिक गर्मी बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज क्षेत्रका सबै विद्यालयकाे गर्मी बिदा बढाइएको छ ।
विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न र विद्यालयमा पठनपाठन हुनसक्ने संभावित समस्यालाई मध्यनजर गरि नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै नेपालगन्जका निजी तथा संस्थागत विद्यालयकाे गर्मी बिदा ३१ गतेसम्म बढाइएकाे हो ।
जल तथा माैसम बिभागकाे सूचना अनुसार अझै पाँच दिनसम्म ताताे हावा तथा लु चल्ने भएकाले यहीँ जेष्ठ ३१ गते गतेसम्म विद्यालय पठनपाठन बन्द गर्ने निर्णय गरेकाे शिक्षा, युवा तथा खेलकुद महाशाखा अधिकृत लोकेन्द्र बहादुर शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
