Close sidebar

नेपालगन्ज  तथा जानकीका सम्पूर्ण विद्यालय ३ दिनका लागि बन्द

२०८० जेष्ठ १८ गते, बिहीबार १७:४६

नेपालगन्ज / केही दिनयता बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगन्ज तथा जानकीका सम्पूर्ण विद्यालय ३ दिनका लागि बन्द गरेको छ । बालबालिकाहरुको स्वास्थ्यमा नकारात्मक असरलाई ध्यानमा राखेर नेपालगन्ज उपमहानगरपालिका तथा जानकी गाउँपालिका मातहतका सम्पूर्ण विद्यालय ३ दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका अर्न्तगत सञ्चालित सम्पूर्ण विद्यालयहरुमा आगामी समयमा हुने वर्षे विदाबाट कट्टा हुने गरी जेष्ठ २१ गते आईतवारदेखि २३ गते मंगलवार सम्म बिदा दिएको शिक्षा, युवा तथा खेलकुद महाशाखा अधिकृत लोकेन्द्र बहादुर शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै बिहिवार जानकी गाउँपालिका गाउँ कार्यपालिकाको बसेको बैठक अनुसार आगामी समयमा हुने वर्षे विदाबाट कट्टा हुने गरि जेष्ठ १९ गते शुक्रबारदेखि २१ गते आइतबार सम्म गर्मी विदा दिएको शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत कृष्णा कुमारी भण्डारीले विज्ञप्ति मार्फत जानकारी दिए ।

देशकै अत्यधिक गर्मी हुने ठाउँ बाँकेमा पछिल्ला केही दिनयता चलेको तातो हवा (लु) का कारण तापक्रम ४० डिग्री सेल्सियस माथि पुग्न थालेपछि गर्मी ह्वात्तै बढेको हो । जसले गर्दा विद्यालयमा अध्ययन अध्यापन गर्ने गराउने सम्पूर्णलाई असर परिरहेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया