Close sidebar

पिकनिक खान गएका बाँकेका दुई किशोरीको राप्ती नदीमा डुबेर मृत्यु

२०८० जेष्ठ १० गते, बुधबार १४:१६

कहकँशा अन्जुम✍️

नेपालगञ्ज / पिकनिक खान गएका बाँकेका दुई किशोरीको राप्ती नदीमा डुबेर मृत्यु भएको छ । नेपालगञ्जबाट डुडुवा गाउँपालिका वडा नं. ५ स्थित राप्ती नदीको सिधानियघाट नजिकै पिकनिक खाना गएका दुई किशोरीको नदीमा डुबेर मृत्यु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुर बस्ने २५ वर्षीया सरिता चौधरी र कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित गोर्खा युनाइटेड स्कुल नजिक बस्ने २९ वर्षीया शारदा बस्नेतको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कम्दीका प्रमुख बिष्णु शाहीका अनुसार उनीहरु मंगलबार अपरान्ह करिब ४ बजेको समयमा छ जना किशोरीहरुको समूह पिकनिक खाना राप्ती नदीको तीरमा पुगेका थिए । ती किशोरीहरुमध्ये नदीमा नुहाउन लागेका दुई जना किशोरीहरु डुबेपछि अन्य किशोरीहरुले सहयोगका लागि हारगुहार मागेका थिए ।

त्यस लगत्तै पुगेको प्रहरी र स्थानीयले करीब ६:४५ बजेको समयमा ती किशोरीहरुको शव निकालेको प्रहरी प्रमुख शाहीले बताउनुभयो । मृतक बस्नेत काेहलपुरस्थित वागेश्वरी बहुमुखी क्याम्पसकी छात्रा भएकाे खुलेेकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया