Close sidebar

पत्रकार महासंघ बाँकेको नयाँ सदस्यता आवेदन खुल्ला

२०८० जेष्ठ ६ गते, शनिबार ०७:०८

नेपालगञ्ज / नेपाल पत्रकार महासंघ बाँकेले नयाँ सदस्यता आवेदन खुल्ला गरेको छ । महासंघ बाँके शाखाको जेष्ठ ५ गते शुक्रबार दिन बसेको कार्यसमिति बैठकले केन्द्रको परिपत्र अनुसार नयाँ सदस्यता आवेदन खुल्ला गर्ने निर्णय गरेको हो ।

महासंघको विधान अनुसार नयाँ सदस्यताका लागि १८ वर्ष उमेर पुगेका जिल्लामा क्रियाशिल पत्रकारहरुले यही जेष्ठ १२ गतेभित्र नयाँ सदस्यता आवेदन पेश गर्नुपर्ने महासंघ बाँके शाखाले निर्णय गरेको छ । नयाँ सदस्यता आवेदन पेश गर्ने पत्रकारले महासंघको वेबसाईट www.fnjnepal.org.np बाट आवेदन फारम डाउनलोड गरी भर्नुपर्ने महासंघ बाँकेका सचिव कमल डाँगीले सूचना प्रकाशित गरि जानकारी गराइएको छ ।

नयाँ सदस्यता आवेदन फारमसंगै नेपाली नागरिकताको प्रतिलिपि, कार्यरत संचारमाध्यमका नियुक्ती पत्रको प्रतिलिपि, कार्यरत संस्थाको सिफारीस पत्र, हालसालै खिचेको पासपोर्ट साइजको फोटो दई प्रति, विगत दुई वर्षदेखि पत्रकारितामा क्रियाशिल रहेको विवरण खुल्ने कागज वा समाचार (प्रकाशन) प्रशारण भएको प्रमाण सहितको सामाग्री, नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट न्यूनतम प्लस टु उत्तीर्ण शैक्षिक प्रमाणपत्रको प्रतिलिपि र आवेदन शुल्क रु एक हजार पछि फिर्ता नहुने गरी पेश गर्नुपर्न महासंघको सूचनामा उल्लेख छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया