Close sidebar

भारतले २ हजार रुपैयाँका नोट नचलाउने

२०८० जेष्ठ ५ गते, शुक्रबार २१:३८

नयाँ दिल्ली / भारतले २ हजार रुपैयाँका नोट नचलाउने निर्णय गरेको छ । भारतको केन्द्रीय बैंकले शुक्रबार अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो । तर ७ वर्षमै उक्त नोट चलनचल्तीमा नरहने घोषणा गरिएको हो ।

रिजर्भ बैंकले सर्वसाधारणसँग भएका २ हजारका नोट बैंकमा जम्मा गर्न र बैंकहरूलाई २ हजारका नोट बजारमा नपठाउन भनेको छ । २ हजारका नोट बैंकमा जम्मा गर्ने समय यो वर्षको सेप्टेम्बर ३० सम्म दिइएको छ । त्यतिञ्जेलसम्म २ हजारको नोटलाई वैधानिक मुद्राको मान्यता पनि रहनेछ । – एजेन्सी

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया