Close sidebar

नक्कली भुटानी शरणार्थी मुद्दामा हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

२०८० जेष्ठ ५ गते, शुक्रबार ०४:०६

काठमाडौं / नक्कली भुटानी शरणार्थी मुद्दामा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार उनलाई सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट बिहिवार पक्राउ गरिएको हो ।

मियाँ कार्यवाहक हज समितिको जिम्मेवारी अर्कैलाई सुम्पन गृह मन्त्रालय गएका थिए । उनलाई त्यहाँबाट पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी कार्यालयमा राखिएको थियोे । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहसँग मियाँको संलग्नता देखिएको छ । ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

नेपालमा हरेक वर्ष हज गर्न साउदी अरेबिया जाने मुस्लिमहरुको व्यवस्थापन गर्न गृह मन्त्रालय अन्तर्गतको हज समिति छ । मियाँलाई २०७७ सालमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले हज समितिको अध्यक्षमा नियुक्त गर्नुभएको थियो । बालकृष्ण खाँण गृहमन्त्री भएपछि पनि मियाँ अध्यक्ष नै रहे ।

नक्कली शरणार्थी मुद्दामा हालसम्म पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व सांसद डा. इन्द्रजित राई, आङ्तेवा शेर्पालगायत १४ जना पक्राउ परेका छन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया