Close sidebar

मोखा आँधीमा परेर ८१ जनाको मृत्यु, एक सयभन्दा बढी बेपत्ता

२०८० जेष्ठ ३ गते, बुधबार १२:३०

न्युज डेस्क / म्यानमारमा मोखा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसङ्ख्यक रोहिङ्गिया मुसलमानको बसोबासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोकेकार गाउँमा कम्तीमा ४६ जनाले ज्यान गुमाएको सरकारी अधिकारीहरूले बताएका छन् ।

राखिनको राजधानी सित्तवेको उत्तरमा अवस्थित राथेदाउङ गाउँको एउटा बौद्ध मठ भत्किँदा १३ जनाले ज्यान गुमाएका तथा सोही गाउँको छिमेकमा भवन भत्किँदा एक महिलाको मृत्यु भएको सरकारी टेलिभिजन एमआरटिभीले जनाएको हो ।

चक्रवात मोखा गत आइतबार म्यानमार र बंगलादेशको तटमा पुगेको थियो । म्यानमारको मौसम विभागका अनुसार मोखा चक्रवातको गति देशको तटीय क्षेत्रमा पुग्दा अधिकतम १९५ किलोमिटर प्रतिघण्टा थियो । आँधीका कारण एक सयभन्दा बढी हराइरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने बुमा गाउँका प्रमुख कार्लोले बताएका छन् ।

                                             – डा. जैनुल अबेदिन

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया