Close sidebar

प्रिमियर कपको सेमिफाइनल खेल नेपाल र कुवेत तथा युएई र ओमानबीच शनिबार हुने

२०८० बैशाख १४ गते, बिहीबार २२:०२

काठमाडौं / बैशाख ५ गतेदेखि काठमाडौंमा जारी एसिसी प्रिमियर कप प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । मुलपानी क्रिकेट मैदानमा समूह ‘बी’ को अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गरेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । बिहिवार भएको खेलमा कुवेतले दिएको २७३ रनको लक्ष्य पछ्याएको हङकङ अन्तिम बलमा २४२ रनमा अलआउट भयो ।

यो जितसंगै कुवेत समूह ‘बी’ को उपविजेता बनेर अन्तिम चारमा पुगेको छ, भने युएई समूह विजेता बन्यो । हङकङ भने बाहिरिएको छ । यस्तै त्रिवी क्रिकेट मैदानमा समूह ‘ए’ को अन्तिम खेलमा बिहिवार नेपालले कतारलाई ६८ रनले पराजित गरि समूह ‘ए’ बाट विजेता र ओमान उपविजेता बनेर अन्तिम चारमा पुगेका छन् । अब सेमिफाइनलमा नेपाल कुवेत तथा युएई ओमानबीच खेल हुनेछ । दुवै सेमिफाइनल आगामी शनिबार हुनेछन् ।

समूह ‘ए’ मा नेपालले ७ अंक जोड्दा ओमानले ६ अंक जोड्यो । यस्तै समूह ‘बी’ मा युएई र कुवेतले समान ६-६ अंक जोडे । रनरेटमा युएई अघि रह्यो । ५ अंक जोडेको हङकङ भने बाहिरिएको हो । फाइनल आगामी सोमबार हुनेछ भने आइतबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल जित्ने टिम एसिया कपमा छनोट हुनेछ । प्रिमियर कपको च्याम्पियन टिम एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा पर्नेछ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया