Close sidebar

मुस्लिम जर्नालिस्ट क्लबका अध्यक्ष खानलाई अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार

२०८० बैशाख १३ गते, बुधबार १४:३८

नेपालगन्ज / मुस्लिम जर्नालिस्ट क्लब नेपाल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ । एन. आर. एन. ए नन रेसिडेण्ट नेपाली एशोसिएसनले क्लबलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।

चितवनमा देउराली फ़ाउण्डेसनले आयोजना गरेको एक कार्यक्रममा फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले मुस्लिम जर्नालिस्ट क्लब नेपालका अध्यक्ष आलम खानलाई सो पुरस्कार प्रदान गरेक हुन् । पुरस्कारको राशी १९ हजार ५०० रुपैयाँ रहेको छ ।

पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको क्षमता अभिवृद्धि, पेशागत सुरक्षासँगै प्रभावकारी र मुस्लिम आन्दोलन मैत्री सञ्चार क्षेत्रमा योगदान पु¥याएको भन्दै एशोसिएसनले उक्त पुरस्कार क्लबलाई प्रदान गरेको हो ।

यसैगरी गरि श्रमजीवी पत्रकार संघ, राष्ट्रिय दलित पत्रकार संघ, आदिवासी जनजाति पत्रकार महासंघ, क्रियाशील महिला पत्रकार, मुस्लिम जर्नालिस्ट क्लब, मधेसी पत्रकार समाज, अपाङ्ग पत्रकार मञ्च, शिक्षा पत्रकार समूह, राष्ट्रिय स्वास्थ्य पत्रकार मञ्च र राष्ट्रिय यातायात पत्रकार मञ्चलाई सम्मान गरिएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया