चितवन / आइतबार भएको प्रतिनिधि सभा सदस्य उप निर्वाचनमा चितवन – २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले निर्वाचित भएका छन । उनी ४३ हजार ६१ भारी मतान्तरले निर्वाचित भएका हुन ।
आइतबार भएको निर्वाचनमा ७८ हजार २७७ खसेको मत सबै गणना हुदाँ लामिछानेले ५४ हजार २७६ मत ल्याएर निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २५१ मत र तेस्रो स्थानका एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाएका छन ।
यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए । त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए । अमेरिकी नागरिकता लिएर फेरि नेपाली नागरिकता नलिएको मुद्दामा उनको सांसद पद गुमेको थियो । उनको सांसद पद गुमेका कारण चितवन – २ मा उपनिर्वाचन भएको हो ।
