Close sidebar

त्रिभुवन विमानस्थलको सम्पूर्ण उडान ६ घण्टाका लागि अवरुद्ध हुने

२०८० बैशाख ५ गते, मंगलवार २२:३२

काठमाडौँ / त्रिभुवन विमानस्थलको सम्पूर्ण उडान ६ घण्टाका लागि अवरुद्ध हुने भएको छ । आगामी वैशाख ७ गते विमानस्थलको आन्तरिक तथा बाह्य सम्पूर्ण उडान ६ घण्टाका लागि अवरुद्ध हुने भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) का अनुसार विमानस्थलमा यात्रुहरुको सुरक्षामा थप अभिवृद्धि गर्ने उद्देश्यले विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान गर्नु परेकाले सो दिन बिहान १ देखि बिहान ७ बजेसम्म उडान अवरुद्ध हुनेछ ।

विमानस्थलमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा कुनैपनि आन्तरिक / अन्तर्राष्ट्रिय वायुयान उडान / अवतरण नहुने टीआईएले जनाएको छ । यसबाट प्रभावित हुने यात्रुहरुलाई सम्बन्धित वायुसेवा कम्पनीहरूसँग सम्पर्कमा जान यात्रुहरुलाई अनुरोध समेत गरेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया