Close sidebar

राष्ट्रपति पौडेल बेहोस भएपछि उपचारका लागि अस्पताल भर्ना

२०८० बैशाख ५ गते, मंगलवार २२:०६

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेल फलोअप परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । मंगलबार साँझ राष्ट्रपति पौडेल बेहोस भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको राष्ट्रपतिको सचिवालयका एक सदस्यले बताए ।

छातीको तल्लो भागमा सङ्क्रमण देखिएपछि राष्ट्रपति पौडेल सोमबार पनि अस्पताल पुगेका थिए । पौडेलको स्वास्थ्य अवस्था बुझ्न उपप्रधानमन्त्री पूर्णबहादुर खड्का टिचिङ अस्पताल पुगेका छन् ।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा बेलाबेला समस्या देखिने गरेको छ । १८ चैतमा पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया