
धिरु बस्न्यात✍️
काठमाडौं / सन् २००८ तिर बिदेशमा बस्ने साथीहरुले भन्थ्ये । नेपालको विकासलाई कसैले रोक्न सक्दैन । दुई विशाल देशहरु चिन र भारत विकासको चरम सिमामा पुग्दैछन्, बीचको हाम्रो देश संवत् विकास नहुने कुरै छैन भन्थ्ये । तर भैदियो सोच्नै नसक्ने कुरा आफ्नो भन्दा बाहिरी दिमागले लादिएको हाम्रो प्रणाली र बाहिरी सोचबाट परिचालित हाम्रो प्रवृत्ति कै कारण हाम्रो देशको परनिरर्भतामा रात चौगुना दिन दुई गुना बढाउँदै छ ।
बेथीती र विसंगती एवम् अस्तब्यस्तताको प्रर्याय शब्द नेपाली कुनै हालतमा हुनै सक्दैन । हाम्रो मातृभुमीको लाल पुर्जा हाम्रै हातमा हुनै पर्दछ । देखेर नदेखे झै गर्ने अन्धो, सुनेको नसुनै गर्ने बहिरो र बोल्दै नबोल्ने लाटो हुने मानिसहरु मृत समाजको सदस्यहरु बाहेक केही होईन । नयाँ परिस्थितीको सृजना होस, देशले विकासमा फड़को मारोस भन्दै पुरानो परिक्षण भै असफल भैसकेका व्यक्तित्वहरुलाई बिर्सिरे नयाँ अनुहारलाई दिएको मतको बलमा जित्नेहरुले बहुत ख्याल राखी गरेको बचनलाई कुराले मात्रै होईन कामले गरेर देखाएको प्रमाणहरु आज जनमानसले खोजिरहेको छ ।
ठोकुवाका साथमा भन्दछु ‘अझगको झुठो पहाडलाई एउटा सानो सत्यको झिल्कोले गुर्लम्म लडाई दिन्छ भने झै सत्यलाई साथ लिएर हिढ्नेहरुको सदैब जित हुने छ । सत्यको जितनै हुनै नै छ । पैसाको बलमा गुण्डागर्दीको भरमा आफ्नो फुर्ति गर्नेहरु बेईमानीहरु राष्ट्रका शत्रुहरु हुन् । यनिहरुलाई कानुनको परिधि भित्र ल्याउनै पर्छ ।
– लेखक बस्न्यात नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक (एआईजी) हुनुहुन्छ ।
