
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका छन् ।
सर्वाेच्च अदालतको फैसलापश्चात् गृहमन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि रिक्त मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्हालेका हुन् ।
नागरिकता मुद्धा विवादसम्बन्धी दोषी ठहर भएसँगै शुक्रबार लामिछानेले उपप्रधान एवं मन्त्री पदबाट राजीनामा दिएका थिए ।
पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेको पद ३२ दिनमै सर्वाेच्चले खारेज गरिदिएको छ ।
