Close sidebar

२० वर्ष पुगेपछि विवाह गर्ने युवतीलाई ग्याँस सिलिन्डर सेट उपहार

२०७९ माघ ६ गते, शुक्रबार २०:४४

नेपालगन्ज / बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ ले २० वर्ष पुगेपछि विवाह गर्ने युवतीलाई ग्याँस सिलिन्डर सेट उपहार दिने भएको छ । बालविवाह रोक्नका लागि वडाले माघ ३ गतेदेखि यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

‘वार्षिक विनियोजन बजेटबाट २० वर्ष माथिका युवतीहरुको विवाहमा उपहार स्वरुप सिलन्डर सेट उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा इच्छुक युवतीहरुले उपहार लिन प्रमाण सहित वडा कार्यालयमा जानकारी गराउनु होला ।’ वडाले जारी गरेको सूचनामा उल्लेख छ ।

बालविवाह रोक्न हरसम्भव प्रयास गरेपनि रोक्न सफल नभएपछि यस्तो योजना अघि सारिएको वडा अध्यक्ष गरिबे शेषले बताए । ‘यो वडामा मधेशी र मुस्लिम समुदायको संख्या धेरै छ, बालविवाह रोक्नका लागि २० वर्षपछि युवतीको बिहे होस् भनेर यस्तो जुक्ति ल्याएका हौं ।’ उनले भने ।

वडा अध्यक्ष शेषले बालविवाह रोक्न गाउँपालिका र वडाले किशोरी नाटक, महिला स्वंसेवक, जनचेतना कार्यक्रम, र्‍याली जस्ता कार्यक्रम गर्दा पनि सफल हुन नसकेको बताए । सिलन्डर सेट उपहार दिने निर्णय गरेपनि वडामा अहिलेसम्म एउटा पनि निवेदन नआएको उनले बताए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया