Close sidebar

रनिङ्ग शिल्ड प्रतियाेगितामा बाँकेको कराते टीमलाई प्रथम स्थान

२०७९ असार २५ गते, शनिबार १८:४८

अन्जली राजी
नेपालगन्ज / दाङकाे बेेलझुण्डीमा सञ्चालन भएकाे १२ औं संस्करणको राष्ट्रपति लुम्बिनी प्रदेश स्तरीय रनिङ्ग शिल्ड प्रतियाेगितामा बाँकेकाे कराते टीम प्रथम स्थान हासिल गरेको छ ।

बाँकेको टीममा रहेका ६ जना खेलाडीहरू मध्ये महिला अन्तर्गत कुमेटे ४० केजी बबिता बिक प्रथम, ४५ केजी कुमेटे काटामा पुजा रानाभाट प्रथम र ५० केजी कुमेटे सिमाना पाठा तेस्रो स्थान हासिल गरेका छन् ।

यसैगरी पुरूष अन्तर्गत कुमेटे ४२ केजिमा गाेपाल दहाल दोस्रो स्थान हासिल गर्दै बाँके कराते टीमले राष्ट्रपति लुम्बिनी प्रदेश स्तरीय रनिङ्ग शिल्डको प्रथम स्थान हात पार्न सफल भएको हो ।

प्रथम स्थान हात पार्न सफल भएका बाँकेका कराते टीमलाई बधाई दिदैं बाँके कराते टीमका काेच युवराज सिंहले प्रतियाेगितामा सहभागी भएका खेलाडीहरू अगामी आउने दिनहरूमा पनि अझै सशक्त प्रदर्शन गर्ने बताएका छन् ।प्रतियोगितामा छनोट भएका खेलाडीहरू काठमाडौंमा हुने १२ औं संस्करण राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगितामा सहभागी हुनेछन् । सहभागी खेलाडीहरु आइतबार दाङबाट काठमाडौंका लागि जाँदैछन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया