Close sidebar

पत्रकार महासंघका पुर्वअध्यक्ष केसीलाई मातृशोक

२०७९ असार २४ गते, शुक्रबार १७:४९

साहिल शेष

नेपालगन्ज / नेपाल पत्रकार महासंघ बाँके शाखाका पुर्वअध्यक्ष प्रेम केसीको ममतामयी आमा सरस्वती केसीको निधन भएको छ । नेपाल प्रेस युनियनका उप–महासचिव समेत रहेका केसीको ममतामयी आमाको ७० वर्ष उमेरमा आज असामयिक निधन भएको हो ।

पारिवारिक स्रोतकाअनुसार केही समयदेखी मधुमेह रोगले उहाँ पीडित हुनुहुन्थ्यो । नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा शुक्रवार बिहान करीब साढे ८ बजे निधन भएको बताएको छ ।

यसैबीच नेपाल प्रेस युनियन बाँके शाखाका सचिव विजय मल्लले एक बिज्ञप्ति जारी गरि पुर्वअध्यक्ष प्रेम केसीको ममतामयी आमाको निधन प्रति युनियन परिवार स्तब्ध भएको छ ।

यस दुखद् घडीमा दिवंगत आत्माको चिर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौं । साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनि हार्दिक समवेदना प्रकट गरेका छन । मृत आत्माले स्वर्गमा वास पाओस् भनि न्युज फ्ल्यास खबर डटकम परिवार ईश्वरसंग कामना गर्दछ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया