Close sidebar

नेपालीहरूको सपना साकार पार्न शिक्षा क्षेत्रमा त्रि.वि.को उल्लेखनीय भूमिका

२०७९ असार २४ गते, शुक्रबार १७:०१

अञ्जली राजी ✍️                                            नेपालगन्ज / ६३ औं त्रिभुवन विश्वविद्यालय स्थापना दिवस शुक्रबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा सभ्य र भब्यताका साथ मनाइएकाे छ । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख लालमणि आचार्यले त्रिभुवन विश्वविद्यालयको झन्डा क्याम्पसको प्रांगणमा फहराइएर मनाइएको हो ।

दिवसको अवसरमा क्याम्पस प्रमुख, शिक्षक / शिक्षिका, कर्मचारी, पदाधिकारी एवम् विद्यार्थीहरुले क्याम्पसमा मोरिङ्गा, फरेट, खएर, सागुन र लिप्टिस जस्ता बिरुवाहरू बृक्षा रोपण गरि स्थापना दिवस मनाइएका हुन ।

स्थापना दिवसको अवसरमा बोल्दै विभिन्न आरोह अवरोह पार गर्दै, त्रि.वि.ले नेपाल र नेपालीहरुको ईच्छा, चाहनालाई समेट्दै नेपालीहरुका सपना साकार पार्नका लागि शिक्षा क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको क्याम्पस प्रमुख लालमणि आचार्यले बताउनुभयो ।

देशमा उच्च शिक्षा प्रदान गर्ने नेपालमा एघार वटा विश्वविद्यालय, चार वटा प्रतिष्ठान स्थापना भएता पनि उच्चशिक्षामा करिब ८० प्रतिशत भार बोक्ने मुलुककै अग्रणी शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय नै हो ।

त्रिभुवन विश्वविद्यालयको स्थापना बि.सं. २०१६ सालमा भएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया