Close sidebar

‘थोर लभ एण्ड थण्डर’ एक साथ प्रदर्शन

२०७९ असार २४ गते, शुक्रबार १६:३१

नेपालगन्ज / शुक्रबारदेखि नेपालगन्जको क्युएफएक्स बागेश्वरी सिनेमाजमा दुई वटा नयाँ फिल्म प्रदर्शनमा आएका छन् । अनुप बरालको निर्देशनमा बनेको नेपाली फिल्म ‘दोख’ र टाइका वाईटीटीको निर्देशनमा बनेको हलिउड फिल्म ‘थोरः लभ एण्ड थण्डर’ले एक साथ प्रदर्शन थालेका हुन् ।

नेपाली फिल्म ‘दोख’ले भने हलमा १२:३० र ३:३० गरेर २ शो पाएको थियो तर दर्शकको उपस्थिती अत्यन्त न्युन भएका कारण ३:३० को शो हटाएर कबड्डी ४ राख्ने हलका म्यानेजर सन्जिव शाक्यले जानकारी दिएका छन। यदि फिल्मप्रति दर्शकको क्रेज बढेमा पछि शो थपिने छ ।

जनयुद्धको कथामा आधारित फिल्मको निर्माण कार्य सात वर्षअघि नै गरिएको हो। भूकम्प, नाकाबन्दी, कोरोना जस्ता कारणले गर्दा फिल्म निर्माणमा ढिलाइ भएको हो ।

बरालको निर्देशनमा बनेको फिल्म भएकाले पनि ‘दोख’लाई प्रतीक्षित फिल्म मानिएको थियो। भोजपुरमा छायांकन गरिएको फिल्ममा सामुदायिक वनलाई लिएर दुई गाउँको विवादलाई मुख्य द्वन्द्वको रूपमा देखाइएको छ, जसको समय परिवेश द्वन्द्वकाल हो । ‘दोख’बाट द्वन्द्वलाई फरक कोणबाट हेर्न खोजिएको फिल्मका निर्देशक बराल बताउँछन् ।

फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, अनोज पाण्डे, कमल देवकोटा, सुरज मल्ल, रोए दिव लगायतका कलाकार छन् ।

हलमा दर्शकको सबैभन्दा बढी चाप ‘थोर’मा छ। फिल्मले हलमा आज ५ शो पाएको छ। मार्वल कमिक्सको पात्र ‘थोर’मा आधारित फिल्मको क्रेज विश्वभर नै छ ।

‘थोरः लभ एण्ड थण्डर’ मार्वल सिने युनिभर्सको २९औँ फिल्म हो भने थोर सिरिजको चौँथो फिल्म हो। यसअघि सन २०११ मा ‘थोर’, २०१३ मा ‘थोरः द डार्क वर्ल्ड’ र २०१७ मा ‘थोरः रग्नरक’ प्रदर्शनमा आएका थिए। यसअघि प्रदर्शनमा आएका सबै फिल्म व्यावसायिक रूपमा पनि सफल भएका थिए ।

सुपरहिरो फिल्म थोरमा क्रिस हेम्सवर्थ, क्रिस्चियन बेल, तेसा थम्पसन, जेमी एलेक्सेन्डर लगायतका कलाकारको मुख्य भूमिका छ। शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको थोरले बक्स अफिसमा केही नयाँ कीर्तिमान बनाउन सक्ने अनुमान धेरैले गरेका छन्। फिल्म २५० मिलियन डलर बजेटमा बनेको हो ।

शुक्रबारदेखि नेपाली फिल्म ‘कबड्डी ४’ सातौँ हप्तामा प्रवेश गरेको छ। अब १० दिन हलमा टिक्न सके फिल्मले ५१ दिन मनाउनेछ।
अर्को नेपाली फिल्म ‘चिसो मान्छे’ भने हलबाट उत्रिएको छ ।

                                            – नेपालगन्ज ग्यालरी

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया