साहिल शेष
बाँके / नवनिर्वाचित जनप्रतिनिधिहरुको शुभकामना, बधाई तथा सम्मान कार्यकम सम्पन्न भएको छ । बेलहरी वडा नम्बर ५ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय गुरुवागाउँको आयोजनामा जनप्रतिनिधिहरुलाई शुभकामना, बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका सभापति तथा जिल्ला समुन्वय समितीका सदस्य जुल्फिकार अली मनिहारको उपस्तिथिमा र प्रमुख अतिथी जानकी गाउँपालिका प्रमुख छब्बन खाँले कार्यक्रमको उद्घाटन गरेका थिए ।
सम्मान कार्यक्रममा विशिष्ट अतिथी जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, नेपाली काँग्रेस क्षेत्र नं.३ का जिल्ला महासमिति सदस्य लक्ष्मीनारायण शाह, प्रमुख प्रसाशकीय अधिकृत बस बहादुर राना, स्वास्थ्य प्रमुख दल बहादुर राना, वडा नं. ५ का वडा अध्यक्ष टीकानाथ यादव, वडा सदस्य मो. सरीफ खाँ, कमला यादव र गाउँपालिका स्वकीय सचिव सोहराब इद्रीसी, अनुसन्धान सहायक नरहरी चपाईंले आसन ग्राहण गरेका थिए ।
सम्मान कार्यक्रममा आसन ग्राहण लगत्तै जनप्रतिनिधिहरुलाई विद्यालयकी शिक्षिका यमकुमारी सिंह खान र विजयी लक्ष्मी मिश्राले खादा र टीका लगाएर स्वागत र सम्मान गरेकी थिइन्।
कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथी छब्बन खाँले पहिलाको जनप्रतिनिधिहरुले शिक्षाको लागि रू. ५० लाख बजेट छुट्टियाएको थियो तर अगामी आर्थिक वर्ष २०७९ को लागि पालिकाले शिक्षाका लागि रू.९० लाख बजेट छुट्टियाएको बताउनुभयो । गतवर्ष धानबाली हानि नोक्सानी भएपछि सरकारसँग माँग गरेको रकम ३८ लाख जिल्ला प्रशासन बाँकेमा आएको जानकारी दिंदै प्रति कठ्ठाको रु. १९० का दरले दिने उहाँले जानकारी दिनुभयो
यसैगरी मन्तब्यको क्रममा प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले भने हामीले माँग बमोजिम संघीय सरकारले ३ करोड रुपैया बिनोजन गरेको र पालिकासँग ३ करोड ९० लाख मौज्दात रकम रहेकोले पालिकाले शिक्षामा कुनै कमि नराख्न अनुरोध गरेको बताए । अधिकृत रानाले शिक्षकले निर्धारित समय अनुसार विद्यालयमा उपस्थितिको लागि आग्रह समेत गर्नुभयो ।
सम्मान कार्यक्रमलाई समापन गर्दै श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय गुरुवागाउँको प्रधानाध्यापक संध्या शर्माले भीषण गर्मीमा अतिथी पाहुनाहरुले १ घण्टा टिनको कक्षा कोठाको छानामुनि बस्न सक्दैनन् भने बिहानदेखि निरन्तर ६ घण्टा सम्म विद्यार्थी र शिक्षकहरु कसरी बस्छन उहाँले गुनासो गर्नुभयो ।
शिक्षक महासंघका अध्यक्ष पवन कुमार यादव, कार्यपालिका सदस्य रामअचल धोबी, शिक्षक महासंघ जानकी गाउँपालिका अध्यक्ष जाकिर अली सिद्दिकी, मदरसा दारुल उलूम नूरे मोहम्मदी साईगाउँका प्रधानाध्यापक अजिम अली बागवान, नेराप्रावि. कपासीका प्र.अ. कृष्ण गोपाल पाल, विद्यालयका शिक्षक / शिक्षिका, अभिभावक र विद्यार्थी लगायत ५० जना भन्दा बढिको उपस्थिति रहेको पुर्व प्रअ साकिर खानले न्युज फ्ल्यास खबरलाई जानकारी दिनु भयो ।
