Close sidebar

आइतबार ईदुल अजहाको सार्वजनिक दिने

२०७९ असार २३ गते, बिहीबार ००:५२

नेपालगन्ज / इस्लाम धर्मावलम्बीहरूको ईदुल अजहा अर्थात बकरा ईदको सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले मुस्लिम समुदायको दोस्रो ठुलो पर्व बकरा ईदको अवसर पारेर आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बुधबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित आइतबार असार २६ गते देशभरी सार्वजनिक बिदा कायम गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मुस्लिम समुदाय २०७९ को पर्व असार २६ गते परेकोले मुस्लिम आयोगले सिफारिस पठाए अनुसार आइतबार सार्वजनिक बिदा तोकिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्ति मार्फत जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया