Close sidebar

गाउँपालिकाको शैक्षिक क्षेत्रलाई माथी उठाउन प्रमुख खाँको भनाई

२०७९ असार २१ गते, मंगलवार ०१:२२

साहिल शेष

बाँके । नवनिर्वाचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रम आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ । श्री माध्यमिक विद्यालय जोगागाउँको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना, बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जब अली हलवाईको सभापतित्वमा जनप्रतिनिधिहरुलाई शुभकामना, बधाई तथा सम्मान कार्यक्रम गरेका हुन ।

जानकी गाउँपालिका प्रमुख छब्बन खाँको प्रमुख अतिथीमा र पालिका उपाध्यक्ष रामप्यारी यादवको विशिष्ट अतिथीमा कार्यक्रमको उद्घाटन गर्दै खाँले विद्यार्थीहरुलाई झोला हस्तान्तरण गरेका थिए ।

सम्मान कार्यक्रममा आसन ग्राहण लगत्तै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई विद्यालयकी शिक्षिका मीना नाथ र मीरा सुवेदीले खादा, माला र टीका लगाइ स्वागत र सम्मान गरेकी थिइन ।

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख खाँले सबैको साथ र सहयोग रह्यो भने नगरसँग टाँसिएको गाउँपालिकालाई ५ वर्षभित्र नमूना पालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन । उनले गाउँपालिकाको शैक्षिक क्षेत्रलाई माथी उठाउन लागि परेको बताउनु भयो । गतवर्ष भन्दा शिक्षा क्षेत्रमा दोब्बर बजेट छुट्टियाएको जिकिर गर्नुभयो ।

कार्यक्रममा स्वागत सम्मानको लागि सम्पूर्ण विद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारीहरुलाई खाँले हृदयदेखि नै धन्यवाद दिएका थिए । उक्त सम्मान कार्यक्रमको समापन व्यवस्थापन समितिका अध्यक्ष हलवाईले गर्नु भएको थियो । भने कार्यक्रमको सहजीकरण शिक्षक मोतिराम पोखरेलले गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बस बाहादुर राना, प्रधानाध्यापक मो. आलमीन राई, वडा नम्बर १ का वडा अध्यक्ष मो. रजा राई, वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रीका प्रसाद गुप्ता, पालिका स्वकीय सचिव सोहराब अलि दर्जी, तिर्थराम कुर्मी, जितबहादुर वर्मा, हनिफ जोलाह, कृष्णा अचार्य, निरज मिश्रा, बिनु श्रीस, अनिल कुमार पथिक र सन्दिप कहार लगायतको उपस्थिति रहेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया