नेपालगञ्ज /बाँकेको जानकी गाउँपालिका वडा नं ६ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय भाटनपुर्वाको बदमान गर्ने गरी प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिद्यालयले एक प्रेस बिज्ञप्ति जारी गर्दै बिद्यालयलाई बदनाम गर्ने उद्देश्यले १७ गते जि क्राईम न्यूजमा प्रकाशित समाचार सामाजिक संजाल फेसबुकमा समेत शेयर गरिएको घट्नाप्रति बिद्यालयको ध्यानाकर्षण भएको जनाएको हो ।
उक्त समाचारले बिद्यालय, शिक्षक, कर्मचारी र बिद्यालय व्यवस्थापन समितिको बदनाम गर्न खोजिएको बिज्ञप्तिमा उल्लेख छ । गलत समाचार समप्रेषण कार्यको घोर भत्र्सना, निन्दा र खेद प्रकट गर्दै समाचार प्रकाशन गर्ने व्यक्तिलाई कारबाहीको माँग गरिएको छ ।
बिद्यालयका अनुसार समाचार प्रकाशन गर्ने व्यक्ति यसअघि पनि पटक पटक बिद्यालयमा आई शिक्षक, कर्मचारीलाई धम्क्याउने गरेका थिए ।
उता जानकी गाउँपालिका शिक्षा शाखाले पनि प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिका शिक्षा शाखा प्रतिभा वलीले यस्ता कपोकल्पित समाचारहरुबाट सबैलाई सजग हुन अनुरोध गर्नुभयो ।
शिक्षा शाखाले बदनाम गर्ने नियतले बिना प्रमाण भ्रमपूर्ण, सार्वजनिक संस्थाको इज्जतमा आँच आउने गरि फैलाइएको अफवाहबिरुद्ध घोर आपत्ति रहेको जनाएको छ । साथै प्रमाण भए, सम्बन्धित ठाउँमा उजुरी दिन सक्ने अधिकार प्रयोग गर्न शिक्षा शाखाको भनाई छ ।
क्राईम न्यूजले जानकीका सबै बिद्यालयमा लाईसेन्स नभएका शिक्षकले अध्यापन गराउँदै शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।
