नेपालगन्ज / नगरभित्र रहेका सम्पूर्ण विद्यालयहरूलाई बर्षे बिदा गर्न नेपालगन्ज उप–महानगरपालिकाले निर्देशन दिएको छ ।
नगर कार्यपालिकाको कार्यालयले बिहीबार दिन एक विज्ञप्ति प्रकाशित गरि नेपालगन्ज उप–महानगरपालिका अन्तर्रगत संचालन भएका सम्पूर्ण विद्यालयहरूलाई २० दिनको बर्षे बिदा गर्न निर्देशन दिएको हो ।
शिक्षा, युवा तथा खेलकुद महाशाखाका उप–सचिव (प्रा) गोर्ख बहादुर थापाले नगरका (सामुदायिक, संस्थागत तथा धार्मिक) विद्यालयहरू असार १९ गते आइतबार देखि साउन ६ गते शुक्रबार सम्म बर्षे बिदा गर्न विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।
अब सम्पूर्ण विद्यालयहरू साउन ८ गते आइतबार देखि नियमित पठन पाठन गर्न ब्यवस्था मिलाउन उप–सचिव (प्रा) थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
