Close sidebar

नियन्त्रणमा लिएका ५ जना बिचौलियालाई प्रहरीले सम्झाई बुझाई छाडियो

२०७९ असार १५ गते, बुधबार १०:१३

नेपालगन्ज / सरकारी अस्पतालबाट निजी क्लिनीक र औषधी पसलमा जबर्जस्ती बिरामी लैजान खोज्ने पाँच जना बिचौलियालाई बाँके प्रहरीले नियन्त्रणमा लिएर सम्झाई बुझाई छाडिएको छ ।

भेरी अस्पताल, नेपालगन्ज परिसरबाटै आएका विरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधी किन्न र परीक्षण गर्न कर लगाउने तथा निजी क्लिनीकमा लैजान जबर्जस्ती गर्ने पाँच जना बिचौलियालाई बाँके प्रहरीले नियन्त्रणमा लिएर सम्झाई बुझाई छाडिएको हो ।

भेरी अस्पतालमा बिचौलियाले बिरामीलाई दिनहुँ दुःख दिएको गुनासो आएपछि मंगलबार अस्पताल परिसर भित्रै बिरामीका आफन्तलाई जबर्जस्ती गरिरहेको अवस्थामा तीन जना महिला र दुई जना पुरुष बिचौलियालाई नियन्त्रणमा लिएर सम्झाई बुझाई छाडिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई अबदेखि अस्पतालमा आएर दलाली नगर्ने सर्तमा परिवारलाई बुझाइएको प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले न्युज फ्ल्यास खबरलाई बताए ।

पछिल्लो समय नेपालगन्जको भेरी अस्पतालमा बिचौलिया र चोरको बिगबिगी बढिरहेकोले सादा पोषाकको प्रहरी परिचालन गरि अस्पताल परिसरलाई चोर र बिचौलिया मुक्त बनाउने अभियान थालिएको प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले बताउनुभयो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया