Close sidebar

जानकी गापा. ५ नं. वडाले गर्यो जेष्ठ नागरिकलाई सम्मान

२०७९ असार १५ गते, बुधबार ००:३२

जानकी गाउँपालिका बेलहरी स्थित ५ नम्बर वडा कार्यालयको आयोजनामा जेष्ठ नागरिकलाई टर्च लाईट तथा च्वनप्राश वितरण कार्यक्रम सम्पन्न गरेका छन् ।

वडा नम्बर ५ को ७५ वर्ष पूरा भएका वृद्ध-वृद्धालाई लक्षित गरि जेष्ठ नागरिकलाई सम्मान स्वरूप चार्जिङ टर्च लाईट तथा च्वनप्राश वितरण कार्यक्रम मंगलबार सम्पन्न गरेका हुन् ।बिहानी युवा क्लब जानकी गाउँपालिका बाँकेको सहकार्यमा र वडा नम्बर ५ का वडा अध्यक्ष टीकानाथ यादवको सभापतित्वमा कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रमको प्रमुख अतिथी समेत रहेका जानकी गाउँपालिका अध्यक्ष छब्बन खानले कार्यक्रमको उद्घाटन गर्दै किसानलाई धान खेतीका बेला मल उपलब्ध नभएपछि खेती किसानीको कार्य प्रभावित भएको दुखि भएका छन । उनले यसलाई गम्भीरतापूर्वक लिएका छौं, हामीले सम्बन्धित निकायसँग समन्वय गरेर छिटोछरितो समस्याको समाधान गरिने अध्यक्ष खाँले बताउनु भयो ।

सो कार्यक्रममा वडा सचिव अन्जु लामा, वडा सदस्य जुल्फिकार सिद्धिकी र मो. सरीफ खानले १ सय जनालाई सामाग्री हस्तान्तरण गरेको वडा अध्यक्ष यादवले बताए । यसैगरी कार्यक्रमको अन्तमा उपस्थित सबै जनालाई तरकारीको बीउ वितरण गरेको वडा अध्यक्ष टिकानाथ यादवले न्युजफ्ल्यास खबरलाई जानकारी दिए ।

उक्त कार्यक्रमको समापन वडा अध्यक्ष यादवले गरेका थिए भने १ सय ५० बढि महिला तथा पुरुषको सहभागिता रहेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया