दैलेख, सुर्खेत / दैलेख नारायण नगरपालिका वडा नं. ४ का २७ वर्षिया गोपाल थापामगर पेशाले निर्माण मजदुर हुन् । दैनिक ज्याला मजदुरी गर्दै ५ जनाको परिवार पाल्दै आएका गोपालको आँखामा गत फागुनमा एक्कासी समस्या देखा पर्यो ।
आँखामा धमिलो पना देखा परेपछि गोपाल रेडक्रस नेपालले दैलेखमा सञ्चालन गरेको आँखा अस्पतालमा जचाउन पुगे । गोपालले त्यति बेला घर निर्माण मजदुरको रुपममा काम गरिरहेका थिए ।
आँखा अस्पताल दैलेखमा उपचार सम्भव नभएपछि गोपाल थप उपचराका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगे । प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा उनका आँखामा कुनै समस्या न भएको रिपोर्ट आयो ।
त्यस पश्चात गोपाल घर फर्किए समस्या थप बल्झदै गएपछि उनी देवि देवताको सरणमा पुगे । धामीझाँक्री गरे । तर, कुनै रोग पत्ता लाग्यो न उनलाई निको नै भयो । दिनानु दिन रोग झन् बल्झन थालेपछि उनका भान्जा कर्णबहादुर रानाले गोपाललाई नेपालगंजको फुलटेक्रा आँखा अस्पताल पुर्याए ।
अस्पतालले पनि समस्या पत्ताल गाउनन सकेपछि उनको एमआरआई गर्न सुझाईयो । एमआरआई पश्चात नसिङ्ग अस्पताल नेपालगन्जले आँखामा समस्यान नभई न्यूरो सम्बन्धि रोग रहेको रिपोर्ट दियो ।
मस्तिष्कमा पलाएको ट्युमरले आँखामा समस्या आएको प्रारम्भिक रिपोर्ट आएपछि गोपाललाई थप उपचारका लागि काठमाडौंको वीर अस्पतालमा लैजान अस्पतालले सुझायो । अस्पतालको सल्लाह अनुसार गोपालका आफन्तले उनलाई थप उपचारको लागि काठमाडौं पुर्याए । हाल गोपाल अर्धचेत अवस्थामा वीर अस्पतालको आइसियुमा उपचारको पर्खाइमा छट्पटाई रहेका छन् । उनको उपचारमा हालसम्म करिव चार लाख खर्च भई सकेको छ ।
आर्थिक अवस्था कमजोर भएका गोपालको उपचारमा सहयोगीदाताले जुटाइ दिएको पैसा सकिएपछि उपचारमा समस्या देखा परेको छ । उपचार खर्च जुटाउन नसक्दा उनको अवस्था झन् जटिल बन्दै गएको छ ।
अस्पतालले अप्रेशन गर्नुपर्छ भनेको छ, भएको पैसा सकियो अब उपचार कसरी गर्ने भन्ने चिन्ताले पिरोल्न थालेको गोपालका भान्जा कर्णले दुखेसो पोखे । कर्णले भने ‘अस्पतालले अप्रेशन गर्नुपर्छ भनेको छ, अप्रेशनका लागि करिव पाँच लाख लाग्छ रे अब यतिका पैसा कहाँबाट ल्याउने ।’ उपचारमा ढिलाई हुँदा गोपालले करिव ८० प्रतिशत दृष्टि गुमाइ सकेका छन् । गोपालको आय स्रोतको बाटो पनि केही छैन । बेच्नलाई जग्गा जमिन पनि छैन । उनको परिवारमा बुढा बाबुआमा, एक छोरी र गर्भवती श्रीमती छन् ।
दैनिक ज्याला मजदुरीले परिवारको गर्जो टार्दै आएका गोपाल आफै अस्पतालको बेडमा थला परेपछि उनको परिवार थप समस्यामा परेको छ । उपचारको पर्खाइमा वीर अस्पतालको आइसियुमा छट्पटाई रहेका गोपालको उपचारमा सहयोग गरि दनउनको परिवारले हारगुहार गरि रहेको छ ।
अस्पतालका अनुसार गोपालको समयमै अप्रेशन गरिएको खण्डमा पूर्ण रुपमा पहिलेकै अवस्थामा फर्काउन सकिने जनाएको छ । जीवन र मरणको दो साधमा रहेका गोपालको उपचारका लागि सहयोग गर्न इच्छुक दाताहरुले उनका भान्जा कर्णबहादुर रानाको सम्पर्क नम्बर ९८१४५८८३३२ मा सिधैं सम्पर्क गर्न सकिने परिवार स्रोतको भनाई छ ।
दैलेखबाट प्रेमिका सिंहको सहयोगमा ओम शाहीको रिर्पोट
साभार: नेपाली रैबार
