नयाँ दिल्ली / भारतीय दिग्गज महिला खेलाडी मिताली राजले क्रिकेटका हरेक फर्म्याटलाई अलविदा भनेकि छन ।ओडीआई कप्तान समेत रहेकी मिताली राजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् ।
मितालीले २३ वर्षसम्म भारतका लागि क्रिकेट खेलिन र महिला क्रिकेटमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान आफ्नो नाम राखिन् ।
मितालीले भारतका लागि २ सय ३२ वनडे म्याच खेल्दै ७ हजार ८ सय ५ रन बनाईन भने ८९ टी-२० म्याच खेल्दै २ हजार ३ सय ६४ रन बनाएकी हुन् । त्यसतै १२ टेस्ट म्याच खेल्दै ६ सय ९९ रन बनाएकी छिन् ।
मितालीले बुधबार सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्दै बीसीसीआई र सबै फ्यानलाई धन्यवाद दिएकी हुन् ।
