कम्दी / बाँकेको कम्दीस्थित राप्ती नदीमा दाहसंस्कार गर्न गएका दुई जना बेपत्ता भएका छन् । बुधबार साँझ करीब साढे ५ बजेतिर नेपालगन्जबाट राप्ती नदीमा दाहसंस्कारका लागि मलामी गएका मध्ये दुई जना बेपत्ता भएका हुन ।
राप्ती नदीमा दाहसंस्कार गरेर फर्किने क्रममा मलामी आएका मध्ये दुई जनाको राप्ती नदीमा कपडा र मोबाईल भेटिएपनि मानिस नभेटिएको ईलाका प्रहरी कार्यालय कम्दीले जनाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार मलामी गएका मध्ये दुई जना राप्ती नदीमा बेपत्ता भएको खबर पाएपछि खोजतलास सुरु भएको जानकारी दिएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी खोजतलासका लागि फिल्डमा छ खोजतालास जारी छ प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले भने ।
राती ११ बजेतिर समाचार तयार पार्दा सम्म बेपत्ता मानिसको कुनै जानकारी प्राप्त नभएको ईलाका प्रहरी कार्यालय कम्दीले जनाएको हो ।
