नेपालगन्ज / लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । बुधबार दिउँसो ४ बजे बोलाइएको प्रदेश सभा बैठकमार्फत आर्थिक वर्ष २०७९ /८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।
प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभामा प्रस्तुत गर्दैछन् । प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेका छन् ।
नीति तथा कार्यक्रमको आधारमा नै बजेट ल्याउने गरिन्छ । असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ ।
