दार्चुलाको / दार्चुलाको शैल्यशिखर नगरपालिका – १ स्थित बारिलकी ४० वर्षीया अनिभा खडायतक गए राति शव फेला परेको छ ।
घर नजिकै खरको लुटोमा आगो लगाएर हत्या गरिएको अवस्थामा खडायतको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् ।
डढेको अवस्थामा खडायतको शव मंगलबार राति फेला परेको र आफूहरुले प्रहरीलाई खबर गरेको शैल्यशिखर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष भरत बहादुर खडायतले जानकारी दिए ।
उनका श्रीमानको सात – आठ वर्ष अघि नै मृत्यु भइसकेको बताएको छ । खडायतका दुई छोरी र एक छोरा छन् ।
घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ ।
घटनामा संग्लन रहेको आशङ्कामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ । शङ्कास्पद एक जना फरार रहेको प्रहरीले बताइएको छ ।
