Close sidebar

सरकारी विद्यालयमा सबै कर्मचारी एकै परिवारका भएको खुलासा

२०७९ जेष्ठ २४ गते, मंगलवार २०:०२

नेपालगन्ज / रौतहटको जिल्ला सदरमुकाम गौरमा एउटा सरकारी विद्यालयमा सबै कर्मचारी एकै परिवारका भएको खुलेको छ । श्रीमती प्रधानाध्यापिका छन् भने श्रीमान् कार्यालय सहयोगी‚ नन्द राहत कोटामा शिक्षिका छन् त भाउजू बालविकास शिक्षिका र ससुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन् ।

गौर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख शम्भु शाहले आफ्नो नगरपालिकामा रहेका सामुदायिक विद्यालय अनुगमन गर्दा यस्तो रहस्य खुलासा भएको हो । उक्त विद्यालय श्री प्राथमिक विद्यालय रहेको नगरप्रमुख शाहले जानकारी दिए ।

गौर वडा नम्बर ६ टिकुलिया ठेगाना राखिएको उक्त विद्यालय गौर – ४ मा सञ्चालनमा रहेको भेटिएको छ । सदरमुकाममै रहेको उक्त विद्यालय विगत १५ वर्षदेखि सञ्चालनमा रहेको छ । विद्यार्थी संख्या न्यून रहेको उक्त विद्यालयविरुद्ध गौर नगरपालिकाले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

२०६३ सालमा स्थापित उक्त विद्यालयको व्यवस्थापन समितिका अध्यक्षमा रामेश्वर यादव, प्रधानाध्यापिकामा उनकी बुहारी सावित्री यादव, बालविकास शिक्षिकामा अर्की बुहारी जयमाला यादव, राहत शिक्षिकामा नातिनी निक्की यादव र कार्यालय सहयोगीमा छोरा अशोक यादव रहेका छन् । कार्यालय सहयोगी अशोक यादव प्रधानाध्यापिका सावित्रीका श्रीमान हुन् ।

विगत १५ वर्षदेखि पारिवारिक विद्यालयको रूपमा स्थापना गरी सरकारबाट पाउने सेवा सुविधा उपभोग गर्दै आए पनि उक्त विद्यालय अनुगमन गर्दा शिशु कक्षादेखि ६ कक्षासम्मका २४ जना विद्यार्थी एउटै कोठामा राखेर पढाइरहेको भेटिएको नगर प्रमुख साहले जानकारी दिए ।

                                                                          – नेपालगन्ज ग्यालरी

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया