कञ्चनपुर / कञ्चनपुरको भिमदत्त नगरपालिका –१८ मा दुई ओटा साइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साइकल चालक सोही नगरपालिका – १५ का २७ वर्षीय सन्तोष चौधरी रहेका छन् । घाइते भएका उनको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
गल्ली नम्बर ३ बाट सिप बिकासतर्फ जाँदै गरेको साइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल गए राति साढे ११ बजेतिर एकआपसमा ठोकिएका हुन् ।
अर्का साइकल यात्रीको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
