नेपालगन्ज / यस बर्ष धेरै नै रकम बुझाउनु परेको भनी गुनासो आएपछि मुस्लिम आयोगले नेपाल हज समितिसंग कागजातहरू उपलब्ध गराइदिनु हुन आदेशनुसार अनुरोध गरेको छ ।
सन २०२२ का लागि नेपालबाट हज गर्न साउदी अरेबिया जाने इच्छुक इस्लाम धर्मावलम्बीहरूले अघिल्लो पटक भन्दा यस वर्ष धेरै नै रकम बुझाउनु परेको भनी गुनासो आएपछि नेपाल हज समितिसंग तपसिल बमोजिमका कागजातहरू आयोगमा उपलब्ध गराइदिनु हुन आदेशनुसार अनुरोध गरेको हो ।
अघिल्लो पटक हज गर्न जाने इस्लाम धर्मावलम्बीहरूले ब्यहोरेको सम्पूर्ण शिर्षकगत खर्च विवरण र यस बर्ष हज गर्न जाने इस्लाम धर्मावलम्बीहरूले ब्यहोर्नु परेको सम्पूर्ण शिर्षकगत खर्च बिबरण उपलब्ध गराइदिनु हुन आयोगका शाखा अधिकृत दयाराम तिवारीद्वारा निकालिएको बिज्ञप्तिमा उल्लेख छ ।
