Close sidebar

बाँके क्षेत्र नम्बर १ मा रास्वपाका सुरेश कुमार चौधरी विजयी

२०८२ फाल्गुन २३ गते, शनिबार ०७:३९

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बाँके निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश कुमार चौधरी विजयी भएका छन । उनले १७ हजार ४९१ मतान्तरले विजयी भएका हुन ।

चौधरीले ३२ हजार ७९२ मत प्राप्त गरेका थिए । उनका
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रसाद गौडेलले १५ हजार ३०१ मत प्राप्त गरेका छन ।

यस्तै नेकपा (एमाले)का उम्मेदवार सूर्य प्रसाद ढकालले ११ हजार ९५ मत प्राप्त गरेका छन । मतपरिणाम सार्वजनिक भएसँगै रास्वपा कार्यकर्ता तथा समर्थकहरूमा उत्साह छाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया