Close sidebar

बाँकेका तीनवटै निर्वाचन क्षेत्रका मतगणना सुरु,

२०८२ फाल्गुन २२ गते, शुक्रबार ०१:१८

नेपालगञ्ज ।  बाँकेका तीनवटै निर्वाचन क्षेत्रका मतगणना बिहीबार मध्यरात १२ बजेदेखि सुरु भएको छ । मतपेटिका संकलन कार्य सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने निर्णय भएको हो ।

मत गणनास्थल बाँके क्षेत्र नम्बर १ को अगैयास्थित राप्ती सोनारी गाउँपालिका कार्यालयको सभाहल, क्षेत्र नम्बर २ को नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालय र क्षेत्र नम्बर ३ को खजुरास्थित कपास विकास समितिको कार्यालयलाई तोकिएको छ ।

बाँकेको तीनवटै निर्वाचन क्षेत्रमा गरेर कुल २ लाख २२ हजार ३ सय ६६ मत खसेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले बताउनुभयो । मतगणना स्थल बाहिर सर्वसाधारणको ठूलो भीड लागेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया