Close sidebar

निर्वाचनको पुर्वसन्ध्यामा भोलि नेपालगन्जमा कांग्रेसको बृहत मोटरसाईकल र्याली

२०८२ फाल्गुन १७ गते, आईतवार २१:१०

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेको क्षेत्र नम्बर २ मा भोलि (सोमबार) बृहत मोटरसाईकल र्याली निकाल्ने भएको छ । यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको पुर्वसन्ध्यामा नेपाली कांग्रेसले आफ्नो पक्षमा जनमत सिर्जना गर्न र्याली निकाल्न लागेको हो ।

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ निर्वाचन प्रचार–प्रसार समितिका संयोजक उमा थापामगरका अनुसार सोमबार बिहान १० बजे स्थानीय रामलिला मैदानबाट र्याली सुरु हुनेछ । उक्त र्याली रामलिला मैदान हुदै चारबाहिनी चोक, गणेशमान चोक, वीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक, राँझाचोक सम्म पुग्नेछ ।

त्यसपछि पुनः फर्केर नेपालगन्ज बसपार्क हुदै न्यूरोड, सहिद सेतु बिक चोकमा आईपुग्नेछ । सहिद सेतु बिक चोकमा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार-प्रसार संयोजक थापाले बताइन् ।

कोइरालाको सम्बोधनपछि न्यूरोड, त्रिवेणीमोड, फुलटेक्रा हुदै डुडुवा गाउँपालिकाको बेतहनीमा पुगेर आमसभामा परिणत हुने कार्यक्रम रहेको छ । मोटरसाईकल र्यालीमा सक्रिय सहभागिता जनाउन नेपाली कांग्रेस क्षेत्र नम्बर २ कार्यसमितिले सबैलाई अपील गरेको छ ।

क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव सुनिलसिंह हमालले प्रचार-प्रसार कार्यक्रमको अन्तिम दिन भोलि निर्वाचनको माहोललाई तताउन र नेपाली कांग्रेसको पक्षमा जनतम सिर्जना गर्न रामलिला मैदानमा मोटरसाईकल सहित पुग्न सबैलाई सार्वजनिक रुपमा निम्तो दिइएको बताएका छन् ।

बाँके क्षेत्र नम्बर २ मा युवा र सक्षम उम्मेदवार शुधान्सु कोइरालालाई प्रतिस्पर्धामा उतारेकाले निर्वाचनको माहोल यसपटक नेपाली कांग्रेसको पक्षमा देखिएको नागरिक स्तरमा चर्चा चलेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया