Close sidebar

उद्योगी व्यवसायीहरुले दिए राईलाई जितको अग्रिम शुभकामना

२०८२ फाल्गुन १८ गते, सोमबार १९:४२

नेपालगन्ज । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आज उद्योगी-व्यवसायीहरूसँगै होली खेल्नुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँकेले सोमबार नेपालगन्जमा आयोजित होली मिलन कार्यक्रममा राईले होलीको शुभकामना आदान-प्रदान गर्नुभएको हो ।

होली खेल्ने क्रममा उद्योगी व्यवसायीहरूले उम्मेदवार राईलाई जितको अग्रिम शुभकामना दिएका छन् । उम्मेदवार राईले कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगी व्यवसायीहरूले एमालेको निर्वाचन अभियानमा देखाएको सक्रिताको सह्राना गर्नुभयो । सबैको सक्रिय साथ-सहयोग र समर्थनले आफूलाई फागुन २१ गतेको निर्वाचनमा जित नजिक पुर्‍याएको उहाँको भनाई थियो ।

यसैबीच राईले करिब १ महिना निर्वाचन प्रचार-प्रसार र जनताका समस्याहरू बुझ्न घरदैलोमा जाँदा मतदाताले दर्साएको भरोसालाई आफूले ठूलो जिम्मेवारीका रूपमा लिएको बताउनुभयो । कसैसँग भेट वा सम्पर्क हुन नसके पनि आफ्नो मन-मुटुमा सधैं नै यहाँका मतदाताहरू रहनुभएको जिकिर गर्दै उम्मेदवार राईले बाँके निर्वाचन क्षेत्र नम्बर १ मा यो पटक इतिहास रचिने दाबी गर्नुभयो ।

आफ्नो निर्वाचन क्षेत्रसहित समग्र बाँकेलाई बलियो बनाउँदै यहाँका अजेन्डाहरूलाई काठमाडौंको सत्तासँग स्थापित गर्ने आफ्नो अठोट सुनाउनुभएका राईले पार्टीभन्दा बाहिरबाट पनि आफूले उल्लेख्य साथ पाएको र त्यो साथमा साथ निभाउन आफू पनि सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया