Close sidebar

बाँके -२ मा पछिल्लो तीन वर्ष जस्तै, अहिले पनि त्यस्तै : इश्तियाक राई

२०८२ फाल्गुन १७ गते, आईतवार १८:१६

नेपालगन्ज । नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले बाँके निर्वाचन क्षेत्र नं २ को पछिल्लो तीन वर्ष खेर गएको बताउनुभएको छ ।

आइतबार नेपालगन्जको वडा नम्बर १ स्थित सुन्दर नगरमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै उम्मेदवार राईले यो क्षेत्रबाट निर्वाचित अघिल्लो कार्यकालका संघीय सांसदले कुनै काम गर्न नसकेको आरोप लगाउनुभयो ।

‘यसअघिका संघीय सांसदले तीन वर्षे कार्यकालमा यो क्षेत्रमा संघीय सरकारबाट न कुनै अनुदान ल्याउन सक्नुभयो, न कुनै आयोजना, न कुनै योजना ।’, उम्मेदवार राईले भन्नुभयो, ‘जस्तो तीन वर्ष पहिले थियो अहिले पनि त्यस्तै छ । म निर्वाचित भएपछि प्रदेश र संघीय सरकारसँग समन्वय गरी यो ठाउँको समस्या समाधान गर्न अधिकतम पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

राईले आफ्नो पहलमा बाँके जिल्लामा ल्याइएका योजना/आयोजनाहरूमध्ये धेरै पूरा भएको र केही निर्माणाधिन रहेको पनि दाबी गर्नुभएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया