Close sidebar

नागरिकका समस्या सुन्दै कोइराला : निर्वाचित भएमा समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता

२०८२ माघ २९ गते, बिहीबार १९:३४

डुडुवा, बाँके । बाँके निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले मतदातासंग भेटघाट तथा घरदैलो अभियान तीब्र बनाउनुभएको छ । उहाँले निर्वाचन क्षेत्र अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँ-टोलका मतदाताहरुसंग भेट्न घरदैलो गरिरहनुभएको छ ।उम्मेदवार कोइरालाले आज (विहीबार) डुडुवा गाउँपलिकाको वडा नम्बर २ को बेतहनी, नौरीगौढी र बाणी गाउँका मतदाताहरुसंग भेटघाट गर्नुभएको छ । भेटघाटका क्रममा स्थानीयले गाउँघरका समस्याका बारेमा कुरा सुनाउँदै समाधानका लागि पहल गर्न अनुरोध गरेका छन् । उनीहरुले गाउँघरमा नाला निर्माण, सांगुरो बाटो निर्माण, खानेपानी धारा, माटो पटान, कृषि सिंचाईको व्यवस्था, मलखादको सहज आपूर्ति, घरमै सामाजिक सुरक्षा भत्ताको वितरण लगायतका सवाल उठाएका थिए ।

नागरिकका समस्या सुन्दै उम्मेदवार कोइरालाले आफू निर्वाचित भएमा वास्तविक समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले समुदायका समस्यालाई राम्रोसंग बुझेकाले ती समस्या समाधानका लागि नीतिगत रुपमा व्यवस्थापन गर्ने बताउनुभयो ।

मतदाता भेटघाटका क्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीय सरकारको बजेटले पशु, कृषि, स्वास्थ्य शिक्षाको विकास र विकास निमार्णको कार्यलाई प्राथमिकतामा राखेको र ठूलो आकारको बजेटबाट हुने कामका लागि प्रतिनिधि सभामा कोइरालामार्फत आवश्यक पहल गर्ने प्रतिवद्धता गरे ।

उम्मेदवार कोइरालाले नेपालगन्ज उपमहानगपालिका र डुडुवाका मतदाताहरुसंग भेटघाट तथा छलफल कार्यक्रमलाई नियमित गर्दै आएको कांग्रेसका युवा नेता रमेश तिमल्सिनाले जानकारी दिनुभयो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया