Close sidebar

इस्तियाक राईको घरदैलो अभियान तिब्र, जताततै राईको चर्चा

२०८२ माघ २८ गते, बुधबार २३:०१

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राईले आफ्नो चुनावी अभियानलाई तिब्र पारेपछि जताततै राईको चर्चा हुन थालेको छ । आफ्नो निर्वाचन क्षेत्रका विभिन्न टोलका घरदैलोमा पुग्दा युवादेखि वृद्ध-वृद्धासम्मको सक्रिय सहभागिताले राईको चुनावी माहोल तातिएको देखिन थालेकाे हो ।उम्मेदवार राईले आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित धम्बोझीको विभिन्न बस्तीको घरदैलोमै पुगेर मतदाताहरूसँग भेटघाट गर्नुभएको छ । जनताको घरदैलोमै पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने अभियानलाई प्राथमिकता दिँदै राईले स्थानीय बासिन्दासँग भेटघाट गर्दै उनीहरुको समस्या, सुझाव र अपेक्षा सुन्नुभयाे ।

मतदाताहरुले रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा सामाजिक सुरक्षासँग सम्बन्धित विभिन्न समस्या खुलस्त रुपमा राखेका थिए । उनीहरुले स्थानीयस्तरमा देखिएका चुनौती समाधानका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

घरदैलो अभियानकै क्रममा युवा, महिला, पुरुष र वृद्ध आमासँगको भेट विशेष भावनात्मक बनेको थियो । वृद्ध आमाले उम्मेदवार राईलाई आशीर्वाद दिँदै, “जानुस्, तपाईंको मेरो शुभकामना छ,” भन्दै शुभेच्छा व्यक्त गर्नुभएको थियोे ।

वृद्धाबाट पाएको आशीर्वादले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको उम्मेदवार राईले प्रतिक्रिया दिनुभयाे । यस अभियानले ग्रामीण क्षेत्रसम्म चुनावी गतिविधि फैलिँदै गएको देखिएको छ । धम्बोझी क्षेत्रका बासिन्दाले उम्मेदवार राईलाई स्वागत गर्न पाउँदा उत्साहित देखिएका थिए ।यस्तै बुधबार धम्बोझीमा आयोजित एमाले निर्वाचन प्रचार-प्रसार कर्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राईले आफुले विकासको काम गरेको कामलाई वडा नम्बर १ का जनताले राम्ररी महसुस गरेको दाबी समेत गर्नुभयो ।

आफू सांसद र मन्त्री छँदा धम्बोझीमा कार्यान्वयन गरेका आयोजनाहरूको दृष्टान्त दिँदै राईले वडा नम्बर १ का मतदाताले आफूलाई बढी माया गर्ने मध्ये एक रहेको जिकिर गर्नुभयो । ‘यहाँका वडाध्यक्ष र “म” पहिले फरक पार्टीमा थियौं, विचारधारा पनि फरक थियो । तर आफ्नो वडको विकास तर्फको सवालमा भने हाम्रो कुरा मिल्यो, उहाँ पनि काम गर्न चाहने मान्छे, म पनि “राईले” भन्नुभयो ।

हामीले यो वडामा वाटरपार्क, चिल्ड्रेन पार्क, ब्याडमिन्टन कोर्ट, सार्वजनिक भवनहरू निर्माण र बाटोघाटो निर्माण कार्यलाई मिलेर गर्‍यौं।’, उहाँले भन्नुभयो, ‘यसपटक फेरि मलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउनुभयो भने यस क्षेत्रको मुहार फेर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।राईले पछिलो ३ वर्षे कार्यकाल र अरूको विगतको कार्यकालको तुलना गरेर मूल्यांकन गर्न पनि मतदाताहरू समक्ष आग्रह गर्नुभयो । आफू विगतमा सानो पार्टीमा रहँदा समेत बाँकेमा उल्लेख्य विकास निर्माणका आयोजनाहरू ल्याउन सफल भएको बताउनुभयो ।

चुनावी अभियानमा संगै हिडिरहेका नेकपा एमाले बाँकेका सचिवालय सदस्य शकील खानका अनुसार ग्रामीण क्षेत्रमा एमालेप्रति जनलहर बढ्दै गएको छ । उहाँले जनताको सक्रिय सहभागिता र उत्साहले पार्टीको पक्षमा सकारात्मक वातावरण सिर्जना हुदै गएको दाबी गर्नुभयाे ।यसैबीच राईले कार्यक्रममा जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका धम्बोझीका दुईजना युवाप्रति श्रद्धान्जली व्यक्त गर्दै उनीहरूको सम्मानमा आफूबाट हुनसक्ने सहयोग गर्न इच्छुक रहेको बताउनुभयो । शहीद युवाहरूको सम्मानमा शहीद गेट र शालिक बनाउने वडा नम्बर १ को सह्राना पनि राईले गर्नुभएको थियो।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया