Close sidebar

काँग्रेसले तिनवटै क्षेत्रमा झण्डा गाड्ने : सुधान्सु कोइराला

२०८२ माघ १३ गते, मंगलवार १७:२८

नेपालगञ्ज, माघ १३ सोमबार । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाको निर्वाचन बाँके क्षेत्र –२ मा चुनावी माहोल थप तातिएको छ । निर्वाचन -२ का प्रतिनिधि सभा सदस्य सुधान्सुले सामाजिक संजाल मात्र नभई जनता माझ आफु पुगेर जनताको मन जित्न सफल भएको हो ।

नेपाली कांग्रेस बाँकेका सचिव समेत रहेका सुधान्सु आगामी फागुन २१ गते हुन् लागेको बाँके निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन् ।

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसलाई माया गर्ने जनताहरु धेरै रहेको सुधान्सुले बताउनुभयो । यो क्षेत्रमा यसपाली नेपाली कांग्रेसले झण्डा गाड्नेछ,। “उनले भने” कांग्रेसको संगठन यति बलियो छ, नेपाली कांग्रेसलाई माया गर्ने जनताहरु हुनुहुन्छ,’ अगाडि ठपे सुशील कोइरालाको क्षेत्रलाई हामीले रुख चिन्हमा भोट हालेर यसपटक फर्काएर ल्याउनेछौं ।’ बाँकेको क्षेत्र नम्बर २ जतिकै १ र ३ मा पनि आम जनताले नेपाली कांग्रेसलाई माया गर्ने उनको भनाई छ ।

आफू निर्वाचित भएपछि संविधान पिता सुशील कोइरालाको निष्ठालाई कायम गरेर देखाउने र कांग्रेसका सबै क्रियाशील सदस्यको सम्मानमा कमी हुन नदिने उम्मेदवार सुधान्शुले प्रतिबद्धता जनाए ।

कांग्रेसले यसपटक आफूलाई युवा अनुहार स्वरुप उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ । म सबैको आशिर्वाद लिएर म अगाडि बढ्नेछु, हामी भनेको रुख नै हो, चार तारे नै हो,’ उनले भने, ‘म हजुरहरुमाझ आशिर्वाद लिन आएको छु, पूर्व प्रधानमन्त्री एवम् पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको क्षेत्र पनि हो, यो क्षेत्रमा हामीले झण्डा गाड्ने कुरा भइसकेको छ ।’

हेभिवेट उम्मेदवारको प्रसंग कोट्याउँदै कोइरालाले कांग्रेसले बाँके–२ सहित देशभरका ७७ वटै जिल्लामा आफ्ना हेभिवेट उम्मेदवार उठाएको दाबी गरे ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया