Close sidebar

सर्वोच्चका वरिष्ठतम् न्यायाधीश मल्लद्वारा अदालतको अवलोकन

२०८२ माघ १२ गते, सोमबार २०:०५

रिजवान मिर्जा✍️
नेपालगन्ज । सर्वोच्च अदालतका बरिष्तम न्यायाधीश सपना प्रधान मल्लले जेनजी आन्दोलनबाट क्षतिग्रस्त उच्च र जिल्ला अदालत बाँकेको आज अवलोकन गर्नु भएको छ ।

उच्च र जिल्ला बार एशोसियशनद्वारा आयोजित सरोकारवालासंगको भेट्घाटमा प्रमुख अतिथि रहनु भएकी न्यायाधीश मल्लले अदालतका भौतिक संरचनासंगै न्यायाधीश, कानुन ब्यवसायी र कर्मचारीको मनोबल कमजोर भएको यथार्थता स्विकार्दै हर सम्भव न्याय दिने प्रयास भइरहेको स्पष्ट पार्नुभयो । न्याय दिने सेवा प्रभावित नहोस भन्नेमा हामी सबै सजग हुनु पर्ने आवश्यकता पनि उहाँले औल्याउँनु भयो ।

कार्यक्रममा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी, उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका वरिष्ठतम् न्यायाधीश बामदेव गाैतम, बरिस्ठ अधिवक्ता लाेक बहादर शाह, गिरिवर प्रसाद अग्रवाल, सुनिल कुमार श्रेष्ठ, धु्व प्रसाद बस्याल, सर्वोच्चका सह-रजिस्ट्रार बाबुराम दाहाल लगायत कानुन व्यवसायीहरुकाे सहभागिता थियोे ।

जिल्ला बार एशाेसिएसनका अध्यक्ष मेहरसिँह खत्रीले स्वागत मन्तव्य गर्नु भएको कार्यक्रममा बरिस्ठ अधिवक्ता भाेला सिंह हमाल, श्याम प्रसाद गाैतम, अधिवक्ता प्रहलाद बहादुर कार्की, पार्षद इश्वरी प्रसाद ज्ञवाली लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो । उच्च बार एशाेसिएसनका अध्यक्ष अधिवक्ता पवन कुमार गुप्ताको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन सचिव कुश्मा सुवेदीले गर्नुभएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया