Close sidebar

देशको विकास र समृद्धिका लागि जिताउन पुर्वमन्त्री राईको आग्रह

२०८२ माघ ११ गते, आईतवार ०६:०६

नेपालगन्ज । आसन्न फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके -२ मा नेकपा एमालेबाट पूर्वमन्त्री मोहम्मद इस्तियाक राई चुनावी मैदानमा होमिएका छन् । बाँके-२ मा एमालेका मोहम्मद इस्तियाक राई, नेपाली कांँग्रेसका सुधांसु कोइराला, रास्वपाका विवेक श्रेष्ठ, नेकपाका दिपेन्द्र विष्ट, जसपा नेपालका कमरुद्दीन राई, राप्रपाका ऋषिराज देवकोटा लगायत २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

एमालेका उम्मेदवार राईका कारण नेपाली काँग्रेसका कोइरालालाई निर्वाचनका लागि मत माग्‍न सकस परिरहेको छ । राजनीति दलहरुले चुनावी प्रचारमा लागिपरेका छन् । बाँके-२ मा राईले तेस्रो जित हात पार्दै पुनरागमन गर्ने दाउमा छन् । जनताले यस पटकको निर्वाचनमा यी दुईजना उम्मेदवार मध्ये कसले बाजी मार्ला भन्‍ने कुरालाई निकै उत्सुकताका साथ हेरिएको छ । यस निर्वाचन- २ मा  नेपालगन्ज सहर भएको क्षेत्र हो । यस क्षेत्रमा डुडुवा गाउँपालिकासमेत पर्दछ ।

एमालेबाट उम्मेदवार बनेका राई चुनावी प्रचारको क्रममा बोल्दै विगतका दुई कार्यकालमा आफू यश क्षेत्रका जनताको हरेक दु:ख सुखमा सधैं साथमा रहेको बताए । उनले विगतमा गरेको कामको मुल्यांकन गर्दै भविष्यमा यस क्षेत्रको विकास, समृद्धिका लागि एमालेलाई जिताउन मतदातासँग आग्रह गरे । राईले भने मैले विकासका बाँकी अधुरा काम पूरा गर्न यस क्षेत्रका जनताको मत प्राप्त हुनेमा आफू ढुक्क रहेको बताए ।

२०६४ सालको संविधान सभा निर्वाचन पश्चात् संघीय सरकारमा श्रम तथा यातायात व्यवस्था मन्त्री भएका थिए । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका राई शहरी विकास र भौतिक पूर्वाधार गरि २ पटक मन्त्री बनेका थिए । एक पटक जित एक पटक हारको सिलसिला लगातार दुई  अनुभव भोगेका राई यस पटक जित्ने सांसदका रूपमा आफूलाई स्थापित गर्न लागिपरेका छन् । बाँके क्षेत्र नम्बर २ बाट यसअघि निर्वाचित दुई कार्यकालको दौरान ३ पटक संघीय सरकारको मन्त्रिपरिषदमा सहभागी भइसकेका हुन् ।

अघिल्लो निर्वाचनमा राई बाँके निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. धवल शम्शेर राणासँग पराजित भएका थिए । राईले राणाभन्दा ६ हजार ५७ कम मत पाएका थिए । राणाले २९ हजार पाँच सय ७७ मत ल्याएका थिए भने राईले २३ हजार पाँच सय २० मत ल्याएका थिए । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका सुदीप नरसिंह राणाले चार हजार चार सय तीन मत प्राप्त गरेका थिए ।

राईले २०७४ को निर्वाचनमा भने २१ हजार पाँच सय ७५ मत प्राप्त गरेका थिए । त्यतिबेला तत्कालीन एमाले र माओवादीसहितको वाम गठबन्धनका उम्मेदवार थिए पशुपतिदयाल मिश्रलाई राईले पाँच हजार ६ सय २४ मतान्तरले पराजित गरेका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया